तनहुँको मुसेखोलामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गयो — OSNepal

तनहुँको मुसेखोलामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गयो

LC (KTM) September 17, 2021 0

तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकको नामथर नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । दुर्घटनामा ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार विक घाइते भएका छन् । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । उनको खुट्टा र कुहिनोमा चोट लागेको छ । ट्रक सडकबाट १० मिटर तल बुल्दीखोलामा खसेको थियो । मृतकको शव दमौली अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर