बलिउडका धेरै जसो सेलिब्रेटीहरुले हलिउडमा पनि स्थान बनाउन थालेका छन् । अमिताभ बच्चन, प्रियंका चोपडा, दिपीका पादुककोण, ऐश्वर्या राय लगायतले हलिउडमा आफ्नो कलाकौशल देखाईसकेका छन् । त्यस्तै अब जैकलीन फर्नाण्डिसले पनि हलिउडमा डेब्यु मार्ने भएकी छिन् । जैकलीनले हलिउड फिल्म वुमन्स स्टोरीजमा आफ्नो डेब्यु मार्ने भएकी हुन् । यो फिल्म ६ वटा पार्टमा निर्माण हुनेछ ।
जसलाई ६ जना अलग अलग महिला निर्देशकले निर्देशन गर्नेछन् । साथै सबै फिल्मका कलाकार पनि महिला नै रहने बताइएको छ । जैकलीन संग जोडिएको एक खबर पनि बाहिर आएको छ । त्यो के हो भन्दा खेरी उनले यो फिल्ममा महिला पुलिस अफिसरको भुमीका निर्बाह गर्ने बताइएको छ । यस फिल्मको निर्देशन लीना यादवले गरिरहेकी छिन् । यसमा अलग आलग ६ कहानी रहेका छन् ।