प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना संक्रमण , ५ जनाले गुमाए ज्यान — OSNepal

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना संक्रमण , ५ जनाले गुमाए ज्यान

LC (KTM) September 16, 2021 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४६ जनाको पीसीआर परीक्षण गर्दा ३४७ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४८, मोरङमा १२२, सुनसरीमा ६१, धनकुटा र इलाममा ५–५, भोजपुर, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको छ ।

झापाको विर्तामोडमा ४१, अर्जुनधारामा २७, कनकाईमा १८, दमकमा १५, शिवसताक्षी र मेचीनगरमा १०–१०, बुद्धशान्ति र भद्रपुरमा ६–६, बाहृदशी र हल्दिबारीमा ४–४, कमल गाउँपालिकामा ३, गौरादह र झापा गाउँपालिकामा २–२ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ७२, सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १०, उर्लाबारीमा ७, केराबारीमा ५, रतुवामाईमा २, बेलबारी, लेटाङ, रंगेली, धनपालथान, बुढीगंगा र कटहरीमा १–१ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको इटहरीमा ४२, धरानमा ११, रामधुनीमा ४, हरिनगरमा २, इनरुवा र देवानगञ्जमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, छथर र पाख्रिबासमा १–१ जनामा संक्रमण देखिएको छ ।

इलामको इलाम नगरपालिकामा ३, सुर्योदय र चुलाचुलीमा १–१, भोजपुरको भोजपुर नगरपालिका, उदयपुरको कटारी र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३० महिला र १३१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर