बलिउडकी क्विन ऐश्वर्या राय बच्चनको सन् १९९९ को फिल्म आ अब लौट चले को म्युजिक लन्च इभेन्टको भिडीयो अहिले आएर भाईरल भएको छ । यो फिल्ममा अक्षय खन्नाको मुख्य भुमीका थियो । यसै फिल्मबाट ऋषिकपुरले निर्देशनमा डेब्यु गरेका थिए । यो भाईरल भिडीयोमा ऋषि कपुरका भाई राजीब तथा रणधीर कपुर पनि एकै साथ देखिएका छन् । ऐश्वर्याले अटोग्राफ तथा इन्टुभ्यु दिइरहेको देखिन्छ ।
यो भिडियो भाईरल हुनुको पछाडी त्यतिबेलाका १८ बर्षका रणबीर कपुर रहेका छन् । उनलाई यस भिडीयोमा चिन्न मुस्किल पर्छ । यतिबेला उनी १८ बर्षका मात्र थिए ।
यस फिल्ममा रणबीरले असिस्टेण्ट डिरेक्टरको रुपमा डेब्यु गरेका थिए ।
आ अब लौट चले मा ऐश्वर्यासंग काम गरेका रणबीरले अभिषेक बच्चन संग बिहे हुनु भन्दा अगाडि देखी ऐश्वर्यासंग आफ्नो दोस्ती रहेको बताएका छन् । अभिषेक बच्चन पनि रणबीरका मिल्ने साथी हुन् । अभिषेक बच्चनको बहिनीले रणबीरको फुपूको छोरा संग बिहे गरेकी थिईन् ।