नेपाल फिफा बरीयतामा यथावत — OSNepal

नेपाल फिफा बरीयतामा यथावत

LC (KTM) September 16, 2021 0

नेपाल फिफा बरीयतामा यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल जहिको त्यहि रहेको हो । नेपाल यसअघि १६८ औ स्थानमा रहेको थियो भने अहिलेको नयाँ वरीयतामा पनि त्यति नै स्थानमा रहेको छ ।

दक्षिण एसियाली राष्ट्रको वरीयतामा भारत पहिलो , माल्दिभ्स दोस्रो तथा नेपाल भने तेस्रो स्थानमा रहेको छ । बिश्व बरीयताक्रममा भारत १ सय ७ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५८ औं स्थानमा रहेको छ । भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान भन्दा अघि नेपाल रहेको छ ।

भुटान १८७ औं, पाकिस्तान १९८ औं र श्रीलंका २ सय ५ औं स्थानमा रहेका छन् । फिफाको बरीयताको शिर्ष स्थानमा बेल्जियम, ब्राजिल दोस्रो, तेस्रोमा इंग्ल्यान्ड, चौथोमा फ्रान्स र पाँचौ स्थानमा इटाली, छैटौं, पोर्चुगल सातौं, स्पेन आठौं, मेक्सिको नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर