कांग्रेसको ७५ वर्षे इतिहासमा प्रहरी प्रशासनको बलमा कहिल्यै पनि वडा अधिवेशन भएको थिएन : शेखर कोइराला — OSNepal

कांग्रेसको ७५ वर्षे इतिहासमा प्रहरी प्रशासनको बलमा कहिल्यै पनि वडा अधिवेशन भएको थिएन : शेखर कोइराला

LC (KTM) September 16, 2021 0

काठमाडौं ३१ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचनद्र पौडेल पक्षले सभापतिको गृहजिल्ला डडेलधुरामा भएको वडा अधिवेशनको विषयमा गम्भिर आपत्ती जनाएको छ ।

नेता शेखर कोइरालाले पनि काग्रेसको ७५ वर्षे इतिहासमा प्रहरी प्रशासनको बलमा कहिल्यैपनि र कहीँपनि अधिवेशन नभएको भन्दै पुन वडा अधिवेशन अधिवेशन हुने सम्भावना पनि नभएको बताएका छन् ।

उनले प्रधानमन्त्री समेत रहेका सभापतिको गृहजिल्लामा यस्तो हुनु दुर्भाग्यपुर्ण भएको बताएका छन् । आज बिहीबार पार्टी कार्यालय सानेपामा निर्वाचन समितिसँगको छलफलपछि पत्रकारसँग महामन्त्री कोइरालाले यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘कांग्रेसको ७५ वर्षे इतिहासमा प्रहरी प्रशासनको बलमा कहिल्यैपनि र कहीँपनि अधिवेशन भएको छैन । सभापतिरप्रधानमन्त्रीकै जिल्लामा यस्तो हुनु दुर्भागयपूर्ण हो ।’ कोइरालाले भने ।

डडेलधुरासहितका जिल्लाका विषयमा आफ्ना मिति राखेका भएको बताएका उनले आफ्नो तर्फबाट रामचन्द्र पौडेलले कुरा राखेका बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर