कोरोनाको जोखिम कायम रहेकाले यस वर्ष सांकेतिक रुपमा चाडपर्व मनाउन काठमाडौं प्रशासनको आदेश — OSNepal

कोरोनाको जोखिम कायम रहेकाले यस वर्ष सांकेतिक रुपमा चाडपर्व मनाउन काठमाडौं प्रशासनको आदेश

LC (KTM) September 16, 2021 0

काठमाडौँ ३१ भदौ । काठमाडौंको जिल्ला प्रशासन कार्यालयले यस वर्ष सांकेतिक रुपमा चाडपर्व मनाउन आग्रह गरेको छ ।

प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा चाडपर्व मनाउन भन्दै आज बिहिबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले एक आदेश जारी गरेका छन् ।

कोरोना संक्रमणको जोखिम कायम भएकाले अनावश्यक रुपमा घरबाहिर निस्कने भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्न प्रशासनले जारी आदेशमा उल्लेख गरेको छ ।

जारी आदेशमा भनिएको छ , ‘शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठन पाठन गर्नरगराउन नपाउने । गर्नैपर्ने भएमा स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्नु पूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालक समितिका पदाधिकारीहरु सबैले अनिवार्य रुपमा खोप लगाउनुपर्ने छ ।’

अभिभावक तथा सरोकारवाला समूहरुको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न सक्ने समेत जारी आदेशमा उल्लेख गरिएको छ ।

प्रशासनले जारी गरेको आदेश यस्तो छ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर