प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगन — OSNepal

प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

LC (KTM) September 16, 2021 0

रुपन्देही, ३१ भदौ – प्रतिपक्षी दल (नेकपा एमाले)ले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले नवौँ अधिवेशनको पाँचौँ बैठक एक घण्टाका लागि स्थगित गरिएको जानकारी दिनुभयो ।

बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सदस्यले नाराबाजी गरेका थिए । उनीहरुले पार्टीले प्रदेशसभाका दुई सदस्यलाई कारवाही गरेको पत्र सभामुखले पढेर नसुनाउँदासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेका थिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर