एसी मिलान संग पहिलो हाफमा पछि परेको स्थिती उल्टाउँदै लिभरपुलको पुनरागमन जित — OSNepal

एसी मिलान संग पहिलो हाफमा पछि परेको स्थिती उल्टाउँदै लिभरपुलको पुनरागमन जित

LC (KTM) September 16, 2021 0

युरोपियन च्याम्पियन्स लिग फुटबलमा चमत्कारीक खेल प्रर्दशन गर्दै लिभरपुलले पुनरागमन जित निकालेको छ । उसले राति सम्पन्न खेलमा सिरि ए क्लब एसी मिलानलाई ३–२ गोल अन्तरले हराएको हो ।

आत्मघाती गोल उपहार स्वरुप पाएको लिभरपुलले खेलमा अग्रता बनाएको थियो । तर पहिलो हाफमा लगालग २ गोल गर्दै एसी मिलान दुई एक को स्थितीमा पुगको थियो । एसी मिलानका लागि एन्टी रेबिक र ब्राहिम डियाजुले लगातार दुई गोलको योगदान दिएका थिए ।

पहिलो हाफमा दुई एकको नतिजामा रहेको लिभरपुल दोस्रो हाफ पछि लयमा फर्किएको थियो । लिभरपुलले दोस्रो हाफमा लगातार दुई गोल गरे संगै ३–२ को जित निकाल्न सफल भयो ।

लिभरपुलका लागि सलाहा र जोर्डन हेन्डरसनले एक एक गोलको योगदान दिएका थिए । यसैबीच राती नै सम्पन्न समूह बीको अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड र एफसी पोर्टोले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् । एट्लेटिकोले घरेलु मैदानमा पोर्चुगलको पोर्टोसंग निराशाजनक बराबरी खेल्दै अंक बाँडेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर