काठमाडौँ — कतारले प्रहरीमा अब नेपालीलाई भर्ना नलिने भएको छ । कतार सरकारले हालै गरेको यो निर्णय दोहास्थित नेपाली दूतावासलाई जानकारी दिइसकेको स्रोतले जनाएको छ । नेपाल सरकारले निर्णय गर्न बिलम्ब गरेका कारण कैयौँ नेपाली युवाहरुले पाएको अवसर पनि गुमाउन बाध्य भएका छन् ।
कतारले सन् २०२१ का लागि प्रहरीमा लैजान अघिल्लै वर्ष माग गरेको थियो, त्यसको आवश्यकता, करारका साथसाथै कुन ठाउँमा काम गर्ने भनेर दूतावासलाई जानकारी गराएको भएता पनि नेपाल सरकारले कतारलाई समयमा जवाफ दिन नसक्दा आजको अवस्था आएको स्रोत बताउँछ ।
यसैबिच नेपाल सरकारले समयमै निर्णय नगरेकाले कतारले भर्ना नगरेको हो । यो निर्णयबाट भर्नाका लागि छनोट भएका दुई सय जना जान नपाउने भएका छन् । श्रम मन्त्रालयसमेत हेरेका प्रधानमन्त्री शेरबहादुर देउवाले मागपत्र प्रमाणीकरण गर्न भदौ ८ मा नेपाली दूतावासलाई निर्देशन दिएका थिए।