सुन पसलेले गोप्य रुपमा गर्थे यस्तो अवैधानिक काम, सुन पसल छापा मार्दा देखियो बिटाका बिटा पैसा, प्रहरी छक्क — OSNepal

सुन पसलेले गोप्य रुपमा गर्थे यस्तो अवैधानिक काम, सुन पसल छापा मार्दा देखियो बिटाका बिटा पैसा, प्रहरी छक्क

LC (KTM) September 16, 2021 0

वीरगन्ज, ३१ भदौ । पर्सा प्रहरीले साढे ३८ लाख रुपैयाँसहित दुई जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका(।६ माइस्थान चोकमा सञ्चालित केपी ज्वेलर्सका सञ्चालक कन्हैयाप्रसाद सोनार र सोही ज्वेलर्समा कार्यरत दीपककुमार सर्राफ पक्राउ परेको पर्साका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । प्रहरीले उक्त ज्वेलर्समा बुधबार छापा हानेको थियो ।

उनीहरूको साथबाट स्रोत नखुलेको ३८ लाख ५१ हजार रुपैयाँ बरामद भएको प्रहरीले बिहीबार जानकारी दिएको छ ।ज्वेलर्सबाट मुद्राको अवैैध कारोबार भइरहेको सूचनाका आधारमा छापा मारिएको एसपी पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर