संखुवासभामा भएको सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ — OSNepal

संखुवासभामा भएको सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ

LC (KTM) September 16, 2021 0

काठमाडौँ ३१ भदौ । संखुवासभामा भएको सामूहिक हत्या प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मुख्य आरोपीका भाई नरेश रहेका छन् । इलाका प्रहरी कार्यालय, चैनपुर बताए अनुसार थप अनुशन्धान गर्नुपर्ने भएकाले २५ वर्षीय लोकबहादुर कार्कीको भाईलाई पनि पक्राउ गरिएको हो ।

लोकबहादुरले गरेको सामुहिक हत्यामा एक जनाको मोबाइल लोकबहादुर कै घरमा बरामत भएकाले त्यो मोबाइल उनकै भाईले लुकाएको हुन सक्ने आशंकामा उनलाई पक्राउ गरिएको हो ।

गत भदौ २१ गते संखुवासभाको मादीमा ५२ वर्षीय तेजबहादुर कार्की ६ जनाको परिवारका सामुहिक हत्या भएको थियो ।

हत्या हुनेमा ५२ वर्षीय तेजबहादुर कार्की सहित उनकी ८४ वर्षीय आमा पार्वती कार्की, पत्नी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमा कार्की रहेकी छन् ।

प्रहरीले गरेको सोधबुझमा लोकबहादुरले आफुलाई हेला गर्ने र हेपेर बोल्ने गरेकोले हत्या गरेको स्विकार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर