श्रीलंकाका पुर्व कप्तान मालिंगाले सन्यास घोषणा पछि भने -मेरो जुत्ताले अब आराम पाउनेछन् — OSNepal

श्रीलंकाका पुर्व कप्तान मालिंगाले सन्यास घोषणा पछि भने -मेरो जुत्ताले अब आराम पाउनेछन्

LC (KTM) September 15, 2021 0

श्रीलंकाका राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान लासिथ मालिंगाले केही दिन अघि क्रिकेट बाट सन्यासको घोषणा गरे । क्रिकेटमा लामो समय सम्म योगदान दिएका उनले अब क्रिकेट जिवन बाट सन्यास लिए पछि उनका फ्यानहरु निराश बनेका छन् ।

उनकै नेतृत्वमा श्रीलंकाले सन् २०१४ को टी ट्वान्टी बिश्वकप क्रिकेटको उपाधी जितेको थियो । उनको अनौठो प्रकारको बलिंग गर्ने शैलीले सबैलाई चकित पारेको थियो । उनको बलिंगको शैलीलाई लिएर सुरुवातमा केही बिबाद समेत भएको थियो ।

बलिङ गर्ने बेला उनको हात उनको टाउको नजिक नभएर त्यसबाट टाढा हुने गर्थ्यो । उनी बिश्वकै तिब्र गतिका बलरका रुपमा चिनिएका थिए । उनले सन्यास लिएपछि एक भावुक कुरा बताएका छन् ।

उनले अब आफ्नो जुत्ताले आराम पाएको बताएका छन् । उनले भनेका छन्, ‘मेरो जुत्ताले अब आराम पाउने छन्, तर क्रिकेट प्रतिको मेरो माया अझ बढ्ने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर