२४ घण्टामा गण्डकीमा ९२ जनाले जिते कोरोना, १२५ जना सङ्क्रमित थपिए — OSNepal

२४ घण्टामा गण्डकीमा ९२ जनाले जिते कोरोना, १२५ जना सङ्क्रमित थपिए

LC (KTM) September 15, 2021 0

गण्डकी, ३० भदौ – गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ९२ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा १२५ जना सङ्क्रमित थपिएका छन् । पछिल्ला २४ घण्टामा तनहुँको भिमाद नगरपालिका–८ का ५३ वर्षीय पुरुष र स्याङ्जाको वालिङ नगरपालिका–१ का ८४ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३३५ जना पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७१२ जना छ भने होम आइसोलेसनमा एक हजार ५१७ जना रहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म तीन लाख २४ हजार ३६१ जनाको कोरोना परीक्षण गरिएको छ भने ८३ हजार ९३८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । जसमध्ये हालसम्म ८० हजार ८९१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर