सभामुखकै कारण प्रतिनिधिसभा अगाडि बढ्न नसक्ने स्थितिमा पुग्यो — OSNepal

सभामुखकै कारण प्रतिनिधिसभा अगाडि बढ्न नसक्ने स्थितिमा पुग्यो

LC (KTM) September 15, 2021 0

उदयपुर, ३० भदौ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सभामुख नसच्चिएर संसद नचल्ने बताएका छन् । नेकपा एमाले उदयपुरले आयोजनामा गरेको कार्यकर्ता भेलालाई बुधबार सम्बोधन उनले गर्दै यस्तो बताएका हुन् ।

अघिल्लो सरकारले ल्याएको विकासका आयोजना रोकिनु दुर्भाग्यपूर्ण भएको नेम्वाङको टिप्पणी थियो । पार्टी जिल्ला कमिटीले बुधबार सदरमुकाम गाईघाटमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

नेम्वाङले वर्तमान सरकारले विकास निर्माणका कार्यलाई प्राथमिकता नदिनु र भइरहेका काम रोक्नुले सरकार जनताका पक्षमा काम गरिरहेको छैन भन्ने स्पष्ट भएको बताए । उनले विकासको गतिलाई रोक्ने सरकारको कदमलाई ‘प्रतिगमन’को संज्ञा दिए । सरकारका हठात् निर्णयहरूले मुलुकको विकास र समृद्धिको मार्गमा गम्भीर ठेस लाग्ने भन्दै नेम्वाङले वर्तमान सरकारले आशा गर्ने ठाउँसमेत नराखेको दाबी गरे ।

कहिल्यै प्रचलनमा नरहेको २० प्रतिशत सदस्यले दल विभाजन गर्न सक्ने अध्यादेश जारी गर्नुको उद्देश्य नेकपा (एमाले) विभाजन गर्नु मात्र रहेको स्पष्ट भएको उनको भनाइ छ । ‘अध्यादेशलाई यथास्थितिमा राखेर मन्त्रिपरिषद्लाई पूर्णता दिने हिम्मत सरकारसँग छ ?’ भन्दै नेम्वाङले विगतमा ४० प्रतिशत सदस्यले दल विभाजन गर्न सक्ने अध्यादेश जारी हुँदा विरोध गर्नेहरूले अहिले २० प्रतिशतको प्रावधानको अध्यादेशबारे आवाजसमेत नउठाएको आरोप लगाए ।

नेम्वाङले मुलुकलाई अस्थिरताको खाडलमा हाल्ने प्रयास भइरहेको पनि बताए । सभामुखकै कारण प्रतिनिधिसभा अगाडि बढ्न नसक्ने स्थितिमा पुगेको उनको भनाइ थियो ।

वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले विद्रोह गर्दै नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि छिन्नभिन्न भएका कार्यकर्तालाई एकीकृत गर्न एमालेले कार्यकर्ता भेलाको आयोजना गरेको जनाइएको छ । पार्टी विभाजन भए पनि २ जेठ २०७५ को अवस्थामा फर्काउँदै उदयपुर एमालेले ईश्वरमणि राउतलाई अध्यक्ष मानेर पुनारो कमिटी ब्युँताएको छ ।

एमालेले एकीकृत समाजवादीमा गएका जिल्ला कमिटी सदस्यहरूका ठाउँमा नयाँ सदस्य पदपूर्ति गर्ने जनाएको छ । भेलालाई प्रदेश १ का पूर्व आन्तरिक मामिलामन्त्री हिक्मत कार्की र केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री मञ्जुकुमारी चौधरीले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर