लिड्सका डिफेन्डर पास्कलले ३ खेल गुमाउँदै , खराब ट्याकल आफ्नै लागि भयो गलाको पासो — OSNepal

लिड्सका डिफेन्डर पास्कलले ३ खेल गुमाउँदै , खराब ट्याकल आफ्नै लागि भयो गलाको पासो

LC (KTM) September 15, 2021 0

लिड्स युनाईटेडका डिफेन्डर पास्कल स्ट्रुजिकका फ्यानहरुका लागि दुखद खबर आएको छ । उनले गरेको खराब ट्याकल उनी आफैलाई घाँडो बनेको छ ।

उनले इंग्लिस प्रिमियर लिगको खेलमा लिभरपुलका मिडफिल्डर हार्भे इलियटलाई खराब ट्याकल गरेपछि रातो कार्ड पाएका थिए। उनले रातो कार्ड पाएपछि फिर्ताका लागि लिड्सले अपिल गरेको लिगले अस्वीकार गरे संगै अब उनले तीन खेलको प्रतिबन्ध व्यहोर्ने पक्का भएको छ ।

यो प्रतिबन्धका कारण अब उनले प्रिमियर लिग अन्तर्गत न्युकासल युनाईटेड र वेस्ट ह्याम तथा काराबाओ कपमा फुलहमविरुद्धको खेल गुमाउने भएका छन् । पास्कलको खराब ट्याकलले इलियट लाई गंभीर चोट पुगेको थियो । उनको गोली गाँठोमा गहिरो चोट लागेको थियो । उनको अहिले शल्यक्रिया समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर