अल्पमतमा परेको प्रदेश १ को सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै दुई जना मन्त्री र तीन जना राज्यमन्त्री थपिने — OSNepal

अल्पमतमा परेको प्रदेश १ को सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै दुई जना मन्त्री र तीन जना राज्यमन्त्री थपिने

LC (KTM) September 15, 2021 0

विराटनगर ३० भदौ । प्रदेश १ का मुख्यमन्त्री भीम आर्चाय मन्त्रिपरिषद् विस्तारको तयारीमा लागेका छन् ।

अल्पमतमा परेका मुख्मन्त्री आर्चायले दुई जना मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गर्न लागेको जनाइएको छ । मन्त्री हुनेमा तुलसी न्यौपाने र हिरा थापा

रहेको बुझिएको छ । राज्यमन्त्री ज्ञानेश्वर राजवंशी, उत्तम बस्नेत र लीलाबल्लभ अधिकारीलाई हुने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आज बुधबार नै मन्त्रिपरिषद् विस्तार हुने भएको छ । एमाले विभाजन भएपछि प्रदेश १ को सरकार अल्पमतमा परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर