अब घन्टाघर भत्काउँछन्, हामी आएर भव्य बनाउँछौं : ओली — OSNepal

अब घन्टाघर भत्काउँछन्, हामी आएर भव्य बनाउँछौं : ओली

LC (KTM) September 15, 2021 0

काठमाडौं, ३० भदौ -एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले भत्काउने काममात्रै गरेको आरोप लगाएका छन् ।बुटवलमा एमाले कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै ओलीले अब घन्टाघर पनि भत्काउन लागेको भन्दै आपत्ति जनाए । घन्टाघर भत्काए पनि बनाउन नसक्ने उनको भनाइ छ।

‘हामीले धरहरा बनायौं । रानीपोखरी बनायौ,’ उनले भने, ‘अब यिनीहरूले घन्टाघर भत्काएर नयाँ बनाउने रे । यिनीहरूले भत्काउलान् तर बनाउँदैनन् । यिनीहरूले भत्काए भने हामी आएर भव्य घन्टाघर बनाउँछौं । एमालेले बनाउँछ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर