कक्षा १२ को परिक्षा दिन आएका नक्कली परिक्षार्थी पक्राउ — OSNepal

कक्षा १२ को परिक्षा दिन आएका नक्कली परिक्षार्थी पक्राउ

LC (KTM) September 15, 2021 0

वीरगञ्ज ३० भदौ । कक्षा १२ को परिक्षा दिन सहभागी भएका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–८ का २० वर्षीय राजचन्द्र दास रहेका छन् । आजबाट देशभर सुरु भएको कक्षा १२ पहिलो अंग्रेजी विषयमा परिक्षा दिन सहभागी भएका रामचन्द्र परीक्षार्थी सन्दीप दासको सट्टामा परिक्षा दिन सहभागी भएका थिए ।

प्रहरी चौकी बढनियारको टोलीले परीक्षा हलमा प्रवेश पत्र चेक जाँच गर्दा उनलाई पक्राउ गरेको हो । उनले सन्दीपको प्रवेश पत्रमा आफ्नो फोटो टाँसेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर