उज्वेकिस्तान पुग्यो महिला फुटबल टोली, पीसीआरको रिपोर्ट नआएसम्म टोली होटल क्वारेन्टिनमा रहने — OSNepal

उज्वेकिस्तान पुग्यो महिला फुटबल टोली, पीसीआरको रिपोर्ट नआएसम्म टोली होटल क्वारेन्टिनमा रहने

LC (KTM) September 15, 2021 0

काठमाडौं, ३० भदौ-एएफसी महिला एसिया कप २०२२ छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्बेकिस्तानको तास्केन्त पुगेको छ । गत सोमबार राति ११ बजे काठमाडौंबाट उज्वेकिस्तान प्रस्थान गरेको ३३ सदस्यीय टोली १४ सेप्टेम्बर मध्यरातमा तास्केन्त पुगेको हो ।

तास्केन्त पुगेलगत्तै टोलीको पीसीआर परीक्षण गर्न स्वाबको नमूना सकंलन गरिएको छ । पीसीआरको रिपोर्ट नआएसम्म टोली होटल क्वारेन्टिनमा रहने छ ।

‘खेलाडीहरुले लामो यात्रा तय गरेर आएका छन् । त्यसैले विश्राम जरुरी छ । ‘ मुख्य प्रशिक्षक ग्यारी फिलिप्स भन्छन् ।फिलिप्सले क्वारेन्टिन अवधिमा टोलीले पूर्णतया विश्राम लिने बताए ।समूह एफमा रहेको नेपालले २ असोजमा फिलिपिन्स तथा ५ असोजमा हङकङको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर