प्रतिपक्ष दलको मागलाई सम्वोधन नगरी जवर्जस्ति संसद बैठक चलाउन खोज्नु संसदीय परम्परा विपरित — OSNepal

प्रतिपक्ष दलको मागलाई सम्वोधन नगरी जवर्जस्ति संसद बैठक चलाउन खोज्नु संसदीय परम्परा विपरित

LC (KTM) September 15, 2021 0

काठमाडौं ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले प्रमुख प्रतिपक्ष दलको मागलाई सम्वोधन र व्यवस्थापन नगरी जवर्जस्ति संसद बैठक चलाउन खोज्नु अनुपयुक्त र संसदीय परम्परा विपरित भएको बताएका छन् ।

नेता थापले नेकपा एमालेले रोखेको माग पुरा नगरी सत्ता पक्षले संसद चलाएको विषयलाई लिएर यस्तो प्रतिक्रिया दिएका हुन् । कंग्रेस र कम्युनिष्टको अकर्मण्यताको कारण वर्तमान संविधान र व्यवस्थाको औचित्यमा प्रश्नचिन्ह खडा भएको बताएका उनले विकृतिको श्रृखला अन्तगर्न जनादेशबाट नयॅा विकल्प खोज्नुपर्ने बताएका छन् ।

अघिल्लो सकारको समयमाम नै चुनावको पक्षमा रहेका थापाल नयाँ जनादेशमा जानुपर्छ भन्दै आएका छन् । उनले तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनलाई पनि सकारात्मक रपमा लिएका थिए । चुनावको पक्षमा उभिएका थिए ।

उनले भनेका छन् , ‘प्रमुख प्रतिपक्ष दलको मागलाई सम्वोधनरव्यवस्थापन नगरी जवर्जस्ति संसद बैठक चलाउन खोज्नु अनुपयुक्तरसंसदीय परम्परा विपरित छ।कंग्रेस र कम्युनिष्टको अकर्मण्यताको कारण वर्तमान संविधानरव्यवस्थाको औचित्यमा प्रश्नचिन्ह खडा भएको छ।विकृतिको श्रृखला अन्तगर्न जनादेशबाट नयॅा विकल्प खोज्नुपर्छ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर