१५ हजार कार्यकर्तालाई सम्बोधन गर्न ओली बुटवलमा — OSNepal

१५ हजार कार्यकर्तालाई सम्बोधन गर्न ओली बुटवलमा

LC (KTM) September 15, 2021 0

काठमाडौं भदौ ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बुधबार १५ हजार भन्दा बढी कार्यकर्ता सहभागी हुने सभालाई सम्बोधन गर्ने भएका छन् ।

हिजो मात्र गृहजिल्ला झापा पुगेका ओली आज बुटवल गएका हुन् । हिजोको सभालाई सम्बोधन गर्ने क्रममा माधव नेपाल, प्रचण्ड , सभामुख अग्निप्रसाद सापकोटा माथि कडा अभिव्यक्ति दिएका ओलीले आज कस कसको आलोचना गर्ने हुन् तये भने सभा सुरु भएपनि नै थाहा हुन्छ ।

एमाले कार्यकर्तालाई आज बुटवल सम्बोधन गर्दैछन् ।बुटवल देवीनगर एन्फा मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी सहभागी कार्यकर्तालाई ओलीले स्म्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भेलालाई सम्बोधन गर्न ओली सहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्नेतको पनि सहभागी हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर