काठमाडौं ३० भदौ । आजबाट देशभर पहिलो चरणको राष्ट्रिय जनगणना सुरु भएको छ । हरेक १० /१० वर्षमा हुने राष्ट्रिय जनगणनाको १२ औं राष्ट्रिय जनगणना आजबाट सुरु भएको हो ।
जनगणनाको पहिलो चरणमा सुपरिवेक्षकले घर तथा घरपरिवारको सूचीकरण गर्ने भएका छन् । आज भदौ ३० देखि असोज १८ गतेसम्म हरेक नेपालीको घर घरमा सुपरिवेक्षक गई घरपरिवारका सदस्यहरूको सूचीकरणको काम गर्ने हुने भएको छ । समंग्ररुपमा मुल जनगणना भने कात्तिक २५ देखि मंसिर ९ गते सम्म हुनेछ ।
मूल जनगणनामा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने र विवरण भर्ने काम गर्ने जनाइएको छ । यो पटक जनगणना गर्दा पहिलो चोटी कालापानी, लिपुलेक र लिम्पियाधुरामालाई पनि समेटिने भएको छ ।
नेपालमा विसं १९६८ देखि सुरु राष्ट्रिय जनगणनाको यो वर्षको नारा ‘मेरो गणना मेरो सहभागिता’ तय गरिएको छ । कोरोना संक्रमणले गर्दा जेठमा हुनु पर्ने राष्ट्रिय जनगणना भदौमा सुरु भएको हो ।