आधुनिक दुनियाबाट अलग भएर जंगलमा ४१ बर्ष सम्म जिवन बिताएका रियल लाइफ टार्जन हो भेन लैंगको मृत्यु भएको छ । लैंगलाई उनका पिताले ८ बर्ष अगाडि जंगलबाट सिभिलाइज्ड दुनियामा ल्याएका थिए ।
मिरर युके रिर्पाेटका अनुसार भियतनामको जंगलमा ४१ बर्ष सम्म रहेका उनलाई मानिसहरुको दुनियामा ल्याइएको थियो । तर दुःखको कुरा उनलाई बाहिर ल्याएको ८ बर्षमै असली टार्जनको मृत्यु भएको थियो । उनको मृत्यु लिभरको क्यान्सरका कारण भएको थियो । सोमबार उनको मृत्यु भएको हो ।
लैंगका पिता हो वान थान जो भियतनामको लागि लडाई गरिरहेका थिए । सन् १९७२ मा उनी जंगलमा बस्न गए । त्यतिबेला भियतनाम युद्धको दौरानमा अमेरीकाको बमबारी बाट उनको आधा परिवारको मृत्यु भएको थियो । यसैक्रममा उनीहरु दुबै जना ज्यान बचाउन जंगल भागेर गएका थिए ।
दशकौ सम्म उनीहरु पुरा आधुनिक दुनिया बाट टाढा रहेका थिए । जंगलमा पाईने फलफुल, बनस्पति तथा जीवहरु खाएर उनीहरुले जिवनयापन गरिरहेका थिए । सन् २०१३ मा उनीहरु दुबैको बारेमा अरुलाई थाहा भयो र उनीहरुलाई बाहिर ल्याइएको थियो ।
तर छोरा लैंग बाहिरको दुनिया संग अनुकुल हुन सकेनन् र अन्त्यमा उनको मृत्यु भयो । उनको मृत्यु बाहिरको खाद्य पदार्थ र कहिले काही रक्सी पिउने गरेका कारण थियो ।