मर्स्याङ्दी नदीले बगाएका पुरुषको तीन दिनपछि शव फेला — OSNepal

मर्स्याङ्दी नदीले बगाएका पुरुषको तीन दिनपछि शव फेला

LC (KTM) September 14, 2021 0

लमजुङ, २९ भदौ -मनाङ ङिस्याङ गाउँपालिका-५ सब्जे स्याउ फार्ममा कार्यरत कामदार मृत भेटिएका छन् । गोरखाको गण्डकी गाउँपालिका-२ घर भई मनाङको सब्जे स्याउ फार्ममा काम गदै आएका ४३ वर्षीय क्षेत्रकुमार गुरुङको शव हराएको तीन दिनपछि मर्स्याङ्दी नदीमा फेला परेको हो ।

मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काका अनुसार गुरुङलाई शनिबार राति मुङ्जेमा खाजा खाएर फर्किने क्रममा मर्स्याङ्दी नदीले बगाएको थियो ।ङेरुडाँडामुनी मर्स्याङ्दी नदीको बिचमा रहेको ढुङ्गामा च्यापिएको अवस्थामा मंगलबार उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनापछि हुम्डे सीमा प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय चामेबाट खटिएको प्रहरी टोली खोजीमा खटिएको थियो । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल मनाङमा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर