प्रदेश नं १ मा ३९० जनामा कोरोना सङ्क्रमण पुष्टि,३२८ जनाले जिते कोरोना — OSNepal

प्रदेश नं १ मा ३९० जनामा कोरोना सङ्क्रमण पुष्टि,३२८ जनाले जिते कोरोना

LC (KTM) September 14, 2021 0

विराटनगर, २९ भदौ- पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३९० मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार २३० को पीसीआर परीक्षण गर्दा २८२ र ५३५ को एन्टिजेन परीक्षण गर्दा १०८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०२ मध्ये विराटनगरमा ४४, झापामा १०१, सुनसरीमा ६१, इलाममा आठ, ताप्लेजुङ, धनकुटा र उदयपुरमा दुई÷दुई, पाँचथर र खोटाङमा एक÷एक र प्रदेशबाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आजै ३२८ कोरोना सङक्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६९ महिला र १५९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर