२४ घण्टामा गण्डकीमा १४१ जना सङ्क्रमित थपिए ,२०१ जनाले जिते कोरोना — OSNepal

२४ घण्टामा गण्डकीमा १४१ जना सङ्क्रमित थपिए ,२०१ जनाले जिते कोरोना

LC (KTM) September 14, 2021 0

गण्डकी, २९ भदौ- गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २०१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा प्रदेशमा १४१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण एक जनाको भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा प्रदेशको नवलपरासी पूर्वजिल्लाको गैँडाकोट नगरपालिका वडा नं १७ की ६२ वर्षीय महिला हुनुहुन्छ । निजमा भदौ २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३३३ पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ६८१ छ भने होम आइसोलेशनमा एक हजार ४४२ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर