उपत्यकामा ३२३२ जना संक्रमितको पुष्टि हुँदा,भक्तपुरमा मात्र २२९ जना संक्रमितको पुष्टि — OSNepal

उपत्यकामा ३२३२ जना संक्रमितको पुष्टि हुँदा,भक्तपुरमा मात्र २२९ जना संक्रमितको पुष्टि

LC (KTM) May 20, 2021 0

काठमाडौँ ६ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र ३२३२ जना संक्रमितको पुष्टि भएको छ । जसमा काठमाडौँमा मात्र २६०० जना, भक्तपुरमा २२९ जना र ललितपुरमा ४०३ जना संक्रमितको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै , पछिल्लो २४ घण्टामा २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा १९० जना संक्रमितले ज्यान गुमाएका छन् । कोरोनाबाट ज्यान गुमाउने संख्या आजसम्म ५ हजार ८४७ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ६ हजार ५४३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनालाई जितेर घर फर्किने संख्या ३ लाख ६६ हजार ९४६ जना पुगेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर