पछिल्लो २४ घण्टामा १,५८९ जना संक्रमणमुक्त हुँदा १९ जनाले गुमाए ज्यान — OSNepal

पछिल्लो २४ घण्टामा १,५८९ जना संक्रमणमुक्त हुँदा १९ जनाले गुमाए ज्यान

LC (KTM) September 14, 2021 0

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १,५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार आज १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७९ हजार ४९२ पुगेको छ । त्यस्तै सोही अबधीमा १ हजार ५८९ जनाले कोरोना जितेका छन् ।यो सँगै कोरोना जित्नेको संख्या ७ लाख ४२ हजार ३०६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २०२ जना रहेका छन् । जसमध्ये २४ हजार ६९० जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५१२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १० वर्ष मुनिका ३७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय जना कोरोना संक्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर