आईसिसी वर्ल्ड कप लिग २ : ओमान संग नेपालको खराब प्रर्दशन, हिजो ८४ रन बनाएका कुशल शून्य रनमै आउट — OSNepal

आईसिसी वर्ल्ड कप लिग २ : ओमान संग नेपालको खराब प्रर्दशन, हिजो ८४ रन बनाएका कुशल शून्य रनमै आउट

LC (KTM) September 14, 2021 0

आईसिसी वर्ल्ड कप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत अहिले घरेलु टोली ओमान र नेपाल बीचको खेल जारी रहेको छ । ओमानमा जारी खेलमा नेपालले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ।

नेपालले राम्रो सुरुवात गर्न सकेको छैन । हिजो अमेरिका संगको खेलमा ८४ रन जोडेका कुशल भुर्तेल आज शुन्य रनमै पभेलियन फर्किएका छन् । उनको ब्याटिंग नै आज चल्न सकेन । नेपालले ताजा अवस्थामा ४.२ ओभरको समाप्तीमा १ विकेट गुमाएर २१ रन जोडेको छ।

अहिले क्रिजमा कप्तान ज्ञानेन्द्र मल्ल र आशिफ शेख रहेका छन् ।अमेरिकालाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। ५ खेलबाट ६ अंक भएको नेपाल छैटौँ स्थानमा छ। १० खेलबाट १४ अंक भएको ओमान शीर्षस्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर