मादक पदार्थ सेवन जाँच गर्न खोज्दा ड्युटीमा खटिएको प्रहरीलाई नै अभद्र व्यवहार गरेका पेप्शीकोला बस्ने सोमनाथ प्रहरी नियन्त्रणमा — OSNepal

मादक पदार्थ सेवन जाँच गर्न खोज्दा ड्युटीमा खटिएको प्रहरीलाई नै अभद्र व्यवहार गरेका पेप्शीकोला बस्ने सोमनाथ प्रहरी नियन्त्रणमा

LC (KTM) September 14, 2021 0

भक्तपुर २९ भदौ । सूर्यविनायक नगरपालिका ५ सल्लाघारीस्थित ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं पेप्शीकोला बस्ने ४२ वर्षीय सोमनाथ अधिकारी रहेका छन् । निजलाई हिजो सोमबार राति भक्तपुर सुर्यविनायकबाट पक्राउ गरिएको हो ।

जगातीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ९ च २७६३ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग कटुन्जे र ट्राफिक प्रहरी समेतको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा मादक पदार्थ सेवन जाँच गर्न खोज्दा विवाद गरी १ थान ब्रेथलाईजर फुटाउनुको साथै प्रहरीलाई अभद्र व्यवहार गरेपछी कार चालक अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर