ललितपुरको छबेलीदेखि भट्टेडाडाँसम्मको मुख्य सडक ढलान गरिँदै — OSNepal

ललितपुरको छबेलीदेखि भट्टेडाडाँसम्मको मुख्य सडक ढलान गरिँदै

LC (KTM) September 14, 2021 0

ललितपुर, २९ भदौ- ललितपुरको वाग्मती गाउँपालिका अन्र्तगत छबेलीदेखि भट्टेडाडाँसम्मको मुख्य सडक ढलान गर्न थालिएको छ । वाग्मती प्रदेश मातहतको पूर्वाधार विकास कार्यालय ललितपुरको आर्थिक सहयोगमा एक हजार ६०० मिटर सडक ढलान गर्ने काम अघि बढेको गाउँपालिकाका प्रेस संयोजक दिपक घिमिरेले बताउनुभयो ।

कूल रु छ करोडमा साँढे पाँच मिटर चौडाइको सडक ढलान हुँदैछ । सडक ढलान कार्य एक वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको छ । सो सडक भएर गाउँपालिकाको खानीखोला हाइड्रोपावर तथा भट्टेडाँडा आधारभूत विद्यालयका साथै भट्टेडाँडा स्वास्थ्य चौकीसम्म पुग्न सहज हुनेछ ।

वाग्मतीले चालू आव २०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मानवीय र भौतिक पूर्वाधारः समुन्नति र दिगो विकासको आधार’ भन्ने नारालाई आत्मसाथ गर्दै गाउँपालिकाका सडकको वर्गीकरण गरी व्यवस्थितरुपमा विकास गरिएको छ । सङ्घ तथा प्रदेश सरकार र सोअन्तर्गतका निकायसँग समन्वय गरी कालोपत्र गरिने योजना गाउँपालिकाले यसअघि सार्वजनिक गरेको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर