काठमाडौँ २९ भदौ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ । बैठक आज मंगलबरा दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।
बैठकमा विगत केहि लिन देखि प्रतिपक्षी दल नेकपा एमालेले गर्दै आएको संसद अवरोधको विषयमा केन्द्रित हुने जनाइएको छ । साथै ,बैठकमा मन्त्रिपरिषद्को विस्तारको विषयमा समेत छलफल हुने जनाइको छ ।
परमादेशबाट बनेको सत्तागठवन्धनको सरकारले दुई महिना पुगिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन ।