अचानक गुडिरहेको बसमाथि ढुंगा खस्दा ज्यान गयो १८ वर्षीय अर्जुनको, तीन घाइते — OSNepal

अचानक गुडिरहेको बसमाथि ढुंगा खस्दा ज्यान गयो १८ वर्षीय अर्जुनको, तीन घाइते

LC (KTM) September 14, 2021 0

बैतडी । गुडिरहेको यात्रुवहाक बस माथिबाट ढुङ्गा खस्दा बसमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको थलारा गाउँपालिका ५ का १८ वर्षीय अर्जुन नेपाली रहेका छन् ।

अर्जुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीनजना घाइते भएका छन् ।जयपृथ्वी राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ८ को झौलेक नजिक कञ्चनपुरबाट बझाङतर्फ जाँदै गरेको सुप प्र ०२ ००१ ख ११५६ नं को बसमा सडकमाथिबाट खसेको ढुंगा लागेको हो ।

ढुंगा लागेर घाइते हुनेहरुमा बझाङकै जयपृथ्बी नगरपालिका ११ का ४० वर्षीय हरी प्रशाद जोशी सोही ठाउँका ३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका ४ का २८ वर्षीय माधव भट्ट रहेका छन् ।घाइतेहरुलाई उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । मृतकको शव घटनास्थलमै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर