२४ घण्टामा गण्डकी प्रदेशमा १५७ जनाले जिते कोरोना — OSNepal

२४ घण्टामा गण्डकी प्रदेशमा १५७ जनाले जिते कोरोना

LC (KTM) September 14, 2021 0

गण्डकी -गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १५७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा १७१ जना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालिन स्वास्थ्य कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार थपिनेमा कास्कीमा १००, नवरपरासी वर्दघाटसुस्ता पूर्वका २७, स्याङ्जाका २४, तनहुँका नौ, गोरखाका छ, वाग्लुङका दुई जना छन् ।

प्रदेशमा होम आइसोलेशनमा रहनेको सङ्ख्या एक हजार ६६० जना रहेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म तीन लाख २२ हजार ३९३ जनाको कोरोना परीक्षण गरिएकामा ८३ हजार ६७२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । जसमध्ये ८० हजार ५९८ जना सङ्क्रमण मुक्त भएका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७४२ छ भने हालसम्म एक हजार ३३२ जनाको मृत्यु भएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर