अमेरिका माथि नेपालको शानदार ५ विकेटको जित , कुशल र रोहितको अर्धशतक संगै नेपालको सहज जित — OSNepal

अमेरिका माथि नेपालको शानदार ५ विकेटको जित , कुशल र रोहितको अर्धशतक संगै नेपालको सहज जित

LC (KTM) September 13, 2021 0

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले फेरी अमेरिका लाई एक पटक पराजित गरेको छ । त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा केही बेर अघि सम्पन्न खेलमा अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट क्षतीमा पुरा गरेको हो । नेपालको आजको जितमा ओपनर कुशल भुर्तेल र रोहीत पौडेलले सम्मान जनक स्कोर बनाएका थिए ।

कुशलले ८४ रनको अर्धशतकीय इनिङ्स खेले । कुशलले ९३ बलको सामना गर्दै ३ चौका र ३ छक्का सहित ८४ रन बनाएका थिए । एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा कुशलको यो पहिलो अर्धशतक हो । नेपालका लागि कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६६ रनको साझेदारी गरेका थिए ।

आसिफ २३ रन बनाएर आउट भएका थिए । त्यस्तै अर्का ब्याट्सम्यान रोहित कुमार पौडेलले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । उनी एकदमै सम्हालीएर खेलेका थिए । रोहीतले ८७ बलमा ३ छक्का र २ चौका प्रहार गरे ।

विनोद भण्डारी ३७ रनमा आउट भए । अमेरिकाका निसर्ग पटेल र नोस्तुश केन्जिगेले दुई दुई विकेट लिएका थिए । पहिलो इनिंग्समा अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर