नेपाली महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान — OSNepal

नेपाली महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान

LC (KTM) September 13, 2021 0

नेपाली महिला फुटबल टोली एएफसी महिला एसिया कप छनोट २०२२ को छनोट खेल खेल्न आज उज्वेकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली केहीबेर अघि इस्तानबुल हुँदै उज्वेकिस्तानका लागि प्रस्थान गरेको एन्फाले जनाएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले आज एक कार्यक्रमका बीच उज्वेकिस्तान प्रस्थान गर्ने नेपाली महिला फुटबल टोली सहित ३३ सदस्यीय टोलीलाई विदाई गरेको थियो । यस टोलीमा भने २२ जना खेलाडी रहेका छन् ।

बाँकि सबै अफिसियलहरु रहेको एन्फाले जनाएको छ । यसरी उज्वेकिस्तान प्रस्थान गर्ने टोलीमा भने महिला टोलीकी डिफेण्डर पुनम जर्घा मगर भने अटाउन सकिनन् । उनको केही दिन अघि मुटुमा समस्या देखिएको र उनको उपचार गर्नुपर्ने भएकोले उनी यस टोलीमा नअटाएकी हुन् ।

नेपाली टोलीलाई आज दिउँसो ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँगै अन्य पदाधिकारीले बिदाई गरेका थिए । नेपालले यसअघि बंगलादेश संग २ मैत्रिपुर्ण खेल खेलेको थियो । जस्मा एकमा जित र एकमा बराबरी खेलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर