काठमाडौँ ६ जेठ । नेकपा एमालेका नेता प्रभु साहले सर्वोच्च अदालतले गरेको निणर्य प्रति दुखेसो पोखेका छन् । आफु जनताबाट निवार्चित भएर आएको सांसद भएकाले अदालतले दिएको निणर्य त्रुटिपुर्ण भएको बताएका हुन् ।
सांसद पद गएपनि मन्त्री भएका साहसहित सात जना मन्त्रीको पद आज सर्वोच्चले खारेज गरिदिएको छ । शाहले भनेका छन्, ‘म जनताबाट निर्वाचित सांसद हुँ । ६ महिनापछि उपचुनावबाट फेरि चुनिएर आउने हाम्रो हकलाई ख्याल गरिएन’ साहले भने, ‘त्यसैले यो आदेश त्रुटिपूर्ण छ ।’ पुर्व माओवादी केन्द्र छाडेसँगै एमाले प्रवेश गरेका यी मन्त्रीहरुको सांसद पद गएको हो ।