२५ वर्षीया शान्तिले अत्यधिक रक्तस्रावका कारण शिशुलाई संसार देखाएर सधैका लागि संसार छाडिन — OSNepal

२५ वर्षीया शान्तिले अत्यधिक रक्तस्रावका कारण शिशुलाई संसार देखाएर सधैका लागि संसार छाडिन

LC (KTM) September 13, 2021 0

सोलुखुम्बु, २८ भदौअत्यधिक रक्तस्रावका कारण खुम्बु पासाङल्हामु गाउँपालिकामा एक सुत्केरीको ज्यान गएको छ । ज्यान गुमाउनेमा लुक्ला–२ की २५ वर्षीया शान्ति राई रहेको पासाङ ल्हामु अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल अधिकृत अनेश केसीका अनुसार आइतबार साँझ ६ बजे सामान्य अवस्थामै छोरालाई जन्म दिनुभएकी राईको सोमबार बिहान मृत्यु भएको थियो । साल अड्किएकाले अत्यधिक रक्तस्राव भएको मेडिकल अधिकृत केसीले बताउनुभयो । तत्काल रगत आवश्यक परे पनि उपलब्ध नहुँदा सुत्केरीको ज्यान गएको मृतकका श्रीमान् रन्दीप राईले बताउनुभयो । अहिले बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर