आईसिसी वर्ल्ड कप लिग २ : अमेरिकाद्धारा नेपाल समक्ष २३१ रनको लक्ष्य प्रस्तुत , केहीबेर पछि नेपालले जवाफि ब्याटिंग थाल्दै — OSNepal

आईसिसी वर्ल्ड कप लिग २ : अमेरिकाद्धारा नेपाल समक्ष २३१ रनको लक्ष्य प्रस्तुत , केहीबेर पछि नेपालले जवाफि ब्याटिंग थाल्दै

LC (KTM) September 13, 2021 0

आईसिसी वर्ल्ड कप लिग २ अन्तर्गतको त्रिकोणात्मक अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा अमेरिकाले नेपाल समक्ष २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानमा भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३० रनको स्कोर बनाएको हो । अमेरिकाका मोनांक पटेलले आजको खेलमा शतक पुरा गरे । उनकै बिस्फोटक ब्याटिंग संगै अमेरिकाले नेपाल समक्ष २३१ रनको चुनौती प्रस्तुत गरेका हुन् ।

उनले ११४ बलको सामना गर्दै ९ चौका र एक छक्काको मद्दतमा ठिक १०० रन बनाउन सफल भए । यस्तै निसर्ग पटेलले २१, सुशान्त मोदानीले १६ र स्टेभन टेलरले १४ रन जोडे।

नेपालका लागि बिक्रम सोब, सन्दीप लामिछाने र सुशान भारीले दुई–दुई तथा कुशल मल्लले एक विकेट लिए। अब केही बेरपछि नेपालले जवाफि ब्याटिंग थाल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर