अमेरिकाका मोनाक पटेलको बिस्फोटक ब्याटिंग अगाडी नेपाली बलर निरिह, शतकको नजिक पटेल — OSNepal

अमेरिकाका मोनाक पटेलको बिस्फोटक ब्याटिंग अगाडी नेपाली बलर निरिह, शतकको नजिक पटेल

LC (KTM) September 13, 2021 0

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अहिले अमेरिकाले शानदार खेल प्रस्तुत गरिरहेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले टस जितेर ब्याटिंग गरिरहेको छ ।

अमेरिकाका लागि मोनाक पटेलले बिस्फोटक ब्याटिंग गरिरहेका छन् । उनले ताजा अवस्थामा ७४ रन बनाएर खेलिरहेका छन् । उनले एक छक्का र सात चौका सहित शतकको नजिक रहेर ब्याटिंग गरिरहेका छन् ।

नेपालका कुनै पनि बलर उनका सामु निरिह देखिएका छन् । अहिले यो समाचार तयार पार्दा सम्म्को ताजा अवस्थामा अमेरिकाले ३६ ओभरमा ४ विकेटको क्षतीमा १५५ रन बनाएर खेलिरहेको छ । नेपालका लागि बिक्रम सोब र सन्दीप लामिछाने र कुशल मल्लले एक एक विकेट लिएका छन् ।

अमेरिकाका एक खेलाडी भने रनआउट भएका छन् । नेपालले अहिले सम्म ४ विकेट मात्र लिन सकेको छ । आज नेपाल अमेरिकालाई हराएर सुखद सुरुवात गर्ने योजनामा रहेको छ । अमेरिका पनि नेपाललाई हराउन चाहन्छ । लिग–२ अन्तर्गत नै नेपालले यस अघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो। नेपालले दुबै खेल जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर