बिस्फोटक ब्याटिंग सहित अमेरिकाका मोनाक पटेल अर्धशतक नजिक , बिक्रम, सन्दीप र कुशलले लिए एक एक विकेट — OSNepal

बिस्फोटक ब्याटिंग सहित अमेरिकाका मोनाक पटेल अर्धशतक नजिक , बिक्रम, सन्दीप र कुशलले लिए एक एक विकेट

LC (KTM) September 13, 2021 0

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अहिले नेपाल र अमेरिका बीचको खेल जारी रहेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले टस जितेर ब्याटिंग गरिरहेको छ ।

अहिले यो समाचार तयार पार्दा सम्म्को ताजा अवस्थामा अमेरिकाले २२ ओभरमा ३ विकेटको क्षतीमा ९४ रन बनाएर खेलिरहेको छ । नेपालका लागि बिक्रम सोब र सन्दीप लामिछाने र कुशल मल्लले एक एक विकेट लिएका छन् । अमेरिकाका लागि अहिले क्रिजमा मोनाक पटेल अर्धशतकको नजिक रहेका छन् ।

उनले बिस्फोटक ब्याटिंग गरिरहेका छन् । उनले ५ चौका सहित ४१ रन बनाएर खेलिरहेका छन् । आज नेपाल अमेरिकालाई हराएर सुखद सुरुवात गर्ने योजनामा रहेको छ । अमेरिका पनि नेपाललाई हराउन चाहन्छ । लिग–२ अन्तर्गत नै नेपालले यस अघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो। नेपालले दुबै खेल जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर