आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाललाई पहिलो सफलता , बिक्रम सोबले अमेरिकाको झारे १ विकेट — OSNepal

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाललाई पहिलो सफलता , बिक्रम सोबले अमेरिकाको झारे १ विकेट

LC (KTM) September 13, 2021 0

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अहिले नेपाल र अमेरिका बीचको खेल जारी रहेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले टस जितेर ब्याटिंग गरिरहेको छ । नेपालले अमेरिकाविरुद्ध अहिले बलिङ गरिरहेको छ ।

नेपाललाई अमेरिका बिरुद्धको खेलमा पहिलो सफलता मिलेको छ । बिक्रम सोबले अमेरिकाको १ विकेट झारेका छन् । अहिले यो समाचार तयार पार्दा सम्म्को अवस्थामा अमेरिकाले ५ ओभरमा १ विकेटको क्षतीमा १९ रन बनाएर खेलिरहेको छ ।

आज नेपाल अमेरिकालाई हराएर सुखद सुरुवात गर्ने योजनामा रहेको छ । अमेरिका पनि नेपाललाई हराउन चाहन्छ । लिग–२ अन्तर्गत नै नेपालले यस अघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो। नेपालले दुबै खेल जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर