नेपाल र अमेरिका बीचको खेल जारी , अमेरिकाले ब्याटिंग रोजे पछि नेपालले बलिङ गर्दै — OSNepal

नेपाल र अमेरिका बीचको खेल जारी , अमेरिकाले ब्याटिंग रोजे पछि नेपालले बलिङ गर्दै

LC (KTM) September 13, 2021 0

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अहिले नेपाल र अमेरिका बीचको खेल जारी रहेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले टस जितेर ब्याटिंग रोजेको छ । नेपालले अमेरिकाविरुद्ध अहिले बलिङ गरिरहेको छ ।

यो समाचार तयार पार्दा सम्म्को अवस्थामा अमेरिकाले ३ दशमलव २ ओभरमा बिना विकेटको क्षतीमा १७ रन बनाएर खेलिरहेको छ । अहिले बिक्रम सोब र सोमपाल कामीले बलिङ गरिरहेका छन् ।

आज नेपाल अमेरिकालाई हराएर सुखद सुरुवात गर्ने योजनामा रहेको छ । अमेरिका पनि नेपाललाई हराउन चाहन्छ । लिग–२ अन्तर्गत नै नेपालले यस अघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो। नेपालले दुबै खेल जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर