चौधरी फाउण्डेशनको 'अप्रेशन दृष्टि' कार्यक्रम सुरु, मोतियाबिन्दु भएका ७१ जनालाई निशुल्क अप्रेसन — OSNepal

चौधरी फाउण्डेशनको ‘अप्रेशन दृष्टि’ कार्यक्रम सुरु, मोतियाबिन्दु भएका ७१ जनालाई निशुल्क अप्रेसन

LC (KTM) September 13, 2021 0

इटहरी- चौधरी फाउण्डेशनले ग्रामिण र दुर्गम स्थानका बिपन्न समुदायलाई लक्षित गरि संचालन गरिएको ‘अप्रेशन दृष्टि’ कार्यक्रम पुन: सुचारु गरेको छ । कोभिडका कारण लामो समयदेखि अबरुद्द हुदै आएको सो कार्यक्रम यहि आईतवारदेखि सुनसरीको गढि गाउपालिकाबाट सुरु गरिएको सिजी ग्रुपका प्रादेशिक प्रशासक रामजी कटवालले जानकारी गराए ।

गढि गाउपालिकाको सतेरझोडा र औराबनिमा रहेको स्वास्थ चौकिमा सो कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा बिराटनगरस्थित दिब्य दृष्टि आँखा अस्पतालका अनुभवि चिकित्सकहरुले ‘अप्रेशन दृष्टि’ कार्यक्रम मार्फत निशुल्क सेवा प्रदान गरेका थिए ।

कार्यक्रमबाट आखासंगै कानको जाच एव उपचार सेवा प्रदान गरिएको थियो । बिगत लामो समयदेखि गाउघरमा कोभिडका कारण जेष्ठ नागरिक तथा विपन्न वर्गहरुले आखाको समस्यालाई समाधान गर्ने उपयुक्त माध्यम नपाईरहेको अवस्थामा फाउण्डेसनको तर्फबाट यो कार्यक्रमलाई गाउघरमै पुगेर पुन: अगाडि बढाईएको हो । ‘अप्रेशन दृष्टि’ कार्यक्रम मार्फत कुल २ सय ५६ जना मध्ये ७१ जनामा मोतियाबिन्दुको समस्या देखिएको र उनीहरुलाई निशुल्क अप्रेशनको ब्यवस्था गरिने कटवालले बताए ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

गढी गाउपालिका अध्यक्ष श्री प्रसाद यादवले आफ्नो आखा जाच गराउदै सुरु भएको कार्यक्रम बिहान १० बजेदेखि साझ ४ बजे सम्म संचालन भएको थियो । उक्त कर्यक्रममा मास्क, सेनिटाईजर वितरण तथा सामाजिक दुरि कायम गर्दै कोभिड बिरुद्द सचेतना अपनाईएको थियो । शिक्षा, स्वास्थ, बिपद र मानबिय सेवाको क्षेत्रमा काम गर्दै आएको चौधरी फाउन्डेशनले बजार तथा आवगमन सहज भएसंगै दुर्गम तथा ग्रामिण क्षेत्र लक्षित आफ्नो कार्यक्रम ‘अप्रेशन दृष्टि’ र सिजी केयर्सका मानबिय सहायता कार्यक्रमहरुलाई निरन्तरता दिईने कटवालले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर