न्यायाधीश फुयालको एकल इजलासले गरेको आदेश खारेजीको माग गर्दै पुर्व न्यायाधीश केसी पुगे सर्वोच्च — OSNepal

न्यायाधीश फुयालको एकल इजलासले गरेको आदेश खारेजीको माग गर्दै पुर्व न्यायाधीश केसी पुगे सर्वोच्च

LC (KTM) September 13, 2021 0

काठमाडौँ २८ भदौ । पुर्वन्यायाधीश बलराम केसी सर्वोच्च अदालत पुगेका छन् ।

अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी न्यायाधीश हरि फुयालको एकल इजलासले गरेको आदेश खारेजीको माग गर्दै पुर्व न्यायाधीश केसी अदालत पुगेका हुन् ।

न्यायाधीश फुयालको एकल इजलासले प्रधानन्यायाधीश विना संवैधानिक इजलास नबस्न आदेश दिएको थियो । केसीले दायर गरेको रिट दर्ता हुन प्रक्रियामा रहेको बताइएको छ ।

उक्त दायर गरिएको रिटमा यस अदालतमा चलिरहेको मुद्दामा पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरुले सार्वजनिक गर्ने अभिव्यक्ति, बार एशोसिएसनले गर्ने संस्थागत निर्णय तथा इजलासमा बहस गर्न आउने वा बहस गरिसकेका कानुन व्यवसायीहरुले सम्बन्धित मुद्दाको निर्णयका सम्बन्धमा गर्ने सार्वजनिक बहसहरुलाई अभिव्यक्ति स्वतन्त्रता तथा न्यायिक संस्कृतिको परम्परा विकासका सम्बन्धमा कसरी हेर्ने भन्ने विषयमा पनि हेर्नुपर्ने देखिएको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर