प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच राष्ट्रियसभामा प्रतिवेदन पेश — OSNepal

प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच राष्ट्रियसभामा प्रतिवेदन पेश

LC (KTM) September 13, 2021 0

काठमाडौं, २८ भदौ – प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच राष्ट्रियसभा बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश भएको छ ।

सभापति परशुराम नेगी गुरुङका तर्फबाट सदस्य खगेन्द्र प्रकाश पुरीले लोकसेवा आयोग विधेयक २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिवेदन पेश भएसँगै अध्यक्ष गणेश तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

बैठक सुरु हुना साथ एमालेका सांसदहरुले उठेर अवरोध गरेका थिए । उनीहरुले प्रतिनिधिसभाका सभामुखले चित्त बुझ्दो जवाफ नदिएसम्म, आत्मालोचित नगरेसम्म, एमालेले कारवाही गरेका माधव नेपालसहित १४ जनालाई संसदमा प्रतिनिधित्व गराएसम्म आफूहरुको विरोध जारी रहने जानकारी गराएका थिए ।

एमालेको विरोधपछि राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले नियमित कार्यसूचीमा हेरफेर गरेर विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गर्न अनुमति दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर