कम्युनिष्ट र काँग्रेसभन्दा फरक पहिचान बनाएर हिडेको राप्रपा अब कहिल्यै फुट्दैन : कमल थापा — OSNepal

कम्युनिष्ट र काँग्रेसभन्दा फरक पहिचान बनाएर हिडेको राप्रपा अब कहिल्यै फुट्दैन : कमल थापा

LC (KTM) September 13, 2021 0

काठमाडौँ २८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष कमल थापाले राप्रपालाई कहिल्यै नफुटाउने र फुट्न नदिने अठोटका साथ अघि बढेको बताएका छन् । आज सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

कम्युनिष्ट र काँग्रेसभन्दा फरक पहिचान बनाउन लागि परेका बताएका उनले कार्यक्रममा भने, पार्टीको र महाधिवेशन नयाँ विधानअनुसा गरिनेछ, ७५३ वटै गाउँपालिका र नगरपालिकाका अध्यक्षहरु म्हाधिवेशनका प्रतिनिधिहरू हुनेछन् । प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट कम्तिमा ९ जनाको दरले सक्रिय सदस्यहरूमध्येबाट महाधिवेशन प्रतिनिधि छनोट भएर आउनेछन् । पहिलेको जस्तो जिल्ला कार्यसमिति, क्षेत्रिय कार्यसमितिले खल्तीबाट झिकेर महाधिवेशनको प्रतिनिधि पठाउन सक्ने व्यवस्था अब छैन ।’

त्यस्तै ,कार्यक्रममा अर्का अध्यक्ष पशुपति समशेर जबराले मुलुकलाई भ्रष्टले चलाउन नसक्ने भन्दै अब आफ्नो पार्टी नफुट्ने एक ढिक्का भएर अगाडी बढ्ने बताएका छन् ।

४ वर्षअघि मुलुकका दुई ठूला कम्युनिष्टहरू मिलि चुनाव लडे, झन्डै साढे तीन वर्षसम्म झन्डै बहुमत ल्याएर मुलुक चलाए, तर त्यो समयमा जनताले के पाए भन्दा हात्ती आयो हात्ती आयो फुस्सा, साम्यवादी शक्ति भनेर आएकाहरूको समयावधि साढे तीन वर्षमै तीन टुक्रा भएर चक्नाचुर भएको छ बताएका उनले अघि भने, ‘त्यसपछि आएको नयाँ गठबन्धनले २ महिना बितिसक्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन, अब पार्टी फुट्नेछैन साथीहरु, एक ढिक्का भएर मुलुकमा के गर्ने भनेर हामीले देखाउनुपर्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर