कम्पनीमा जागिर लगाइदिन्छु भन्दै रकम उठाइ ठगी गर्ने स्याङ्जाका कृष्ण समातिए — OSNepal

कम्पनीमा जागिर लगाइदिन्छु भन्दै रकम उठाइ ठगी गर्ने स्याङ्जाका कृष्ण समातिए

LC (KTM) September 13, 2021 0

गण्डकी, २८ भदौ- पिजी रियल स्टेट एण्ड जब लिङक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।प्रतिव्यक्ति रु दुई हजार ५०० का दरले रकम उठाइ काममा नलगाइ ठगी गरेको भन्ने जाहेरीका आधारमा स्याङ्जाको फेदीखोला गाउँपालिका–४ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–२७ तालचोक बस्ने कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

निजलाई यही भदौ २५ गते पक्राउ गरी ठगी (आपाराधिक लाभ, विश्वासघात) मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर