काठमाडौँ २८ भदौ । सरकारमा सहभागी तीन दलको छलफल सुरु भएको छ । सत्ता गठवन्धन दलमा सहभागी नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी (जसपा)का अध्यक्षहरुको बैठक आज अध्यक्ष यादवको निवास सुरु भएको हो ।
छलफलमा मन्त्रिपरिषद विस्तार तथा आज सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा साझा विचार प्रस्तुत् लगायतका विषयमा छलफल हुने बुझिएको छ । सरकारको नेतृत्वका गरेको २ मपहना वितिसक्दा पनि सरकारले पुर्णता भने पाएको छैन ।
अध्यक्ष यादवले राजनीतिक दल सम्वन्धी अध्यादेश निश्किय नहुँदा सम्म मन्त्रिपरिषद् विस्तार नगर्न प्रधानमन्त्रीलाई आग्रह गरी सकेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो । यस विषयमा पनि तिन अध्यक्ष विच छलफल हुने भएको छ ।